टेलिकमको ‘मिस्ड कल अलर्ट’ : मोबाइल बन्द हुँदा पनि फोन आएकोबारे थाहा हुने

 भदौ १९, २०७६ बिहिबार १०:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईंको मोबाइलमा ब्याट्री सकिएको छ ? या नेटवर्क नलाग्ने ठाउँमा हुनुहुन्छ ? यस्तो बेला तपाईंलाई कसैले फोन गरेको छ भने तपाईंले पछि फोन गर्नेको जानकारी थाहा पाउन सक्नुहुन्छ ।

नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा या नेटवर्क नलाग्दा पनि फोन गर्ने सबैको जानकारी आउनेछ । टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र ब्याट्री सकिएर बन्द भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार sub mca लेखेर १४०० मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ । टेलिकमकाअनुसार यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • राजेशराज गड्तौला

    Sept. 5, 2019, 11:08 a.m.

    खोइ हौ यहाँ युएई मा त पैसा नतिरी त्यस्तो एसएमएस आउँछ त। हाम्रो देशमा चाहिँ पैसा तिर्नुपर्ने????? हैट

  •  0 Reply

तपाईको प्रतिक्रिया