अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ ।
शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन् ।
डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।
स्वस्थ व्यक्तिमा पनि डेंगु हुन सक्छ
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् ।
तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने डाक्टरको भनाइ छ ।
डेंगुका लक्षण
रोकथामका उपाय
डेंगु देखिए के गर्ने ?
४० भन्दा बढी जिल्लामा डेंगुको प्रकोप अझै फैलिने सम्भावना रहेको डाक्टरहरु बताउँछन् । साउन महिना यता मात्रै २५ सय जना भन्दा धेरैलाई डेंगुको सक्रंमण भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ ।