४१ करोड फेसबुक प्रयोगकर्ताको फोन नम्बर चोरी

 भदौ १९, २०७६ बिहिबार १४:२:९ | एजेन्सी
unn.prixa.net

डेटा चोरीका कारण पटक–पटक आलोचना खेपिरहेको फेसबुकबाट फेरि डेटा चोरी भएको छ । पछिल्लो समय फेसबुकबाट ४१ करोड प्रयोगकर्ताको नम्बर लिक भएको समाचार सार्वजनिक भएको छ ।

तीमध्ये अमेरिकाका १३ करोड, बेलायतका १ करोड ८० लाख र भियतनामका ५ करोड फेसबुक प्रयोगकर्ता रहेकाे टेकक्रन्चले जनाएकाे छ । सिक्योरिटी रिसर्चर संयम जैनका अनुसार ४१ करोड प्रयोगकर्ताको फोन नम्बरका साथै नाम, लिंग तथा देशको जानकारी पनि लिक भएको छ ।

फेसबुकको लापर्वाहीका कारण यति ठूलो मात्रामा डेटा लिक भएको हो । सर्भरमा पासवर्ड नराखेका कारण जोसुकैले सूचनामा पहुँच प्राप्त गरेका हुन् । फेसबुकले भने यी डेटा पुराना भएको र पहिले नै कसैले ती डेटा लिएको स्पष्टीकरण दिएको छ ।

यसभन्दा पहिले पनि फेसबुकबाट डेटा चोरी प्रकरण बाहिर आइसकेको छ । क्याम्ब्रिज एनालिटिकालाई करोडौँ प्रयोगकर्ताको जानकारी बेचेको आरोप फेसबुकलाई लागिसकेको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा ८ करोड फेसबुक प्रयोगकर्ताको डेटा चोरी भएको आरोप लागेको थियो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया