एसीसी यू–१९ एसिया कप : अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले हरायाे

 भदौ १९, २०७६ बिहिबार १७:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा साविक विजेता अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले हराएको छ । 

पाकिस्तानविरुद्ध सानदार जित निकाल्ने क्रममा अफगानिस्तानका बलर पूर्णरुपमा हाबी भए । श्रीलंकाको कोलम्बोमा रहेको पीएसएस मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४६ ओभरमा घटाइएको खेलमा नौ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

मध्यम सुरुवात गरेको अफगानिस्तानका मध्यक्रमका ब्याट्सम्यानबीच भने राम्रो साझेदारी हुन सकेन । पहिलो विकेटका लागि अफगानिस्तानले ४७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले ९५ रन बनाउँदा पाँच विकेट गुमायो । कप्तान फरहान जाखीलले १९ रन बनाए भने सदिकुल्लाह अतलले २९ तथा रहमनुल्लाहले २७ रनको योगदान गरे ।

तर त्यसपछि असिफ मुसाजे सात तथा खरोटे तीन रनमा आउट भएपछि अफगानिस्तानले १ सय १९ रनमा सात विकेट गुमायो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । सफिकुउल्लाह घफारीले १३ रन बनाए भने मोहम्मद अस्फाक १२ रनमा पेभेलियन फर्किए । यस्तै अबीदुल्लाह तनीवालले सात तथा फजल हाकीले खाता खोल्न सकेनन् ।

बलिङमा पाकिस्तानका अमिर अली र फहाद मुनीरले समान तीन-तीन विकेट हात पारे । 

जवाफमा पाकिस्तान १९ ओभर चार बलमा ७८ रनमा समेटिन पुग्यो । पाकिस्तानी बलरसामु निकै निरीह देखिएको पाकिस्तानका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान रोहिल नाजिरले १६ तथा इरफान खानले १९ रन बनाए । अरु खलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया