तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ ।
चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो । बिहीबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँ निकाल्नभन्दा धेरै पैसा एटीएमबाट झिक्न नपाइने जनाएको छ ।
यो सीमालाई बैंकहरुले घटाउन पनि सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो ।