विश्वकप छनोट : भारत ओमानसँग पराजित

 भदौ २०, २०७६ शुक्रबार ६:५९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा भारत ओमानसँग पराजित भएको छ ।

गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा भारत अन्तिम ८ मिनेट सम्हालिन नसक्दा पराजय भोग्न बाध्य भयो । भारतले पहिलो हाफमा लिएको एक गोलको अग्रतामा राबिया अलावी अल मान्धरले अन्तिम समयमा दुई गोल गरेका थिए ।

२४औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । सो अग्रता भारतले ८१औं मिनेटसम्म कायम राख्यो । तर, ८२औं र ९०औं मिनेटमा राबिया अलावीले गोल गरेपछि भारत स्तब्ध बन्यो ।

छनोट प्रतियोगिता अन्तर्गत नै भएको अर्को खेलमा सिरियाले फिलिपिन्सलाई ५–२ ले हराएको छ । फिलिपिन्समा भएको खेलमा घरेलु टोलीलाई हराउनका लागि ओमार अल सोमाहले दुई गोल गरे भने खालिद मोबायद र फिरास अल खातिबले एक एक गोल गरे । 

यस्तै कम्बोडिया र हङकङ्बीचको खेल एक एक गोलको बराबरीमा सकियो भने सिंगापुर र यमनले दुई दुई गोलको बराबरीमा अंक बाँढे । थाइल्याण्ड र भियतनामबीचको खेल पनि गोलरहित बराबरीमा टुंगियो । 

मलेसियाले इण्डोनेसियामाथि ३–२ को जित निकाल्यो भने ताजिकिस्तानले किर्गिजस्तानलाई १–० ले हरायो । तुर्कमेनिस्तानले श्रीलंकालाई २–० ले हरायो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया