सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

 असार २९, २०७५ शुक्रबार ८:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा सल्लेडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ३ जनाको घटनास्थलमै र दुई जना क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

हिजो बेलुकी तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप दुर्घटना हुँदा पाँचपोखरी थाङपालधाप गाउँपालिका – ३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको ज्यान गएको हो ।

जीप पल्टिँदा घाइते भएका ८ जनालाई उपचारका लागि अहिले बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया