यूरो कप छनोट : स्पेनद्वारा रोमानिया पराजित

 भदौ २०, २०७६ शुक्रबार ८:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२० मा आयोजना हुने यूरो कपको छनोटमा १० खेलाडीमा समेटिएकाे स्पेनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रोमानियाको मैदानमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले एक–एक गोल गरे । रोमानियाका लागि फ्लोरिन इन्डोनले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनलाई २-० ले अगाडि राखे ।

५९ औं मिनेटमा रोमानियाका फ्लोरिनले गोल गर्दै खेल २-१ काे अवस्थामा पुर्‍याए । ७९ औं मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा समेटिएको थियो । तर त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल भएन र स्पेनले २–१ को जित निकाल्यो ।

यो जितसँगै समूह एफ मा स्पेनले अपराजित यात्रा कायम राखेको छ । स्पेनको यो छनोटमा पाँचौं जित हो । स्पेनले ५ खेलबाट १५ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा छ । ५ खेलमा ७ अंक जोडेको रोमानिया चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया