खोलाले जीप बगाउँदा एक जनाको ज्यान गयो

 भदौ २०, २०७६ शुक्रबार ८:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – कालिञ्चोक गाउँपालिका– ९ मा सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको ज्यान गएको छ ।

बिहीबार रातिको वर्षाका कारण सिंगटीबाट चरिकोटतर्फ आइरहेको बा १९ च ४३९० नम्बरको जीप  खोलाले बगाउँदा दोलखा जिल्ला तामाकोशी गाउँपालिका– ३ का २४ वर्षीय अनिष पोखरेलको ज्यान गएको हो ।

जीपमा सवार तामाकोशी गाउँपालिका – ३ का विकज पोखरेल र रामेछाप जिल्लाका लिखु–तामाकोशी गाउँपालिका– २ का पवन पौडेल घाइते भएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया