फिफा मैत्रीपूर्ण खेलमा पेरु इक्वेडरसँग एक–शून्यले पराजित

 भदौ २०, २०७६ शुक्रबार ९:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा मैत्रीपूर्ण खेलमा पेरु इक्वेडरसँग एक शून्यले पराजित भएको छ । शुक्रबार बिहन भएको खेलमा पेरु इक्वेडरसँग एक शून्यले पराजित भयो ।

न्यू जर्सीमा भएको खेलमा इक्वेडरको जितमा एरीक लियोनेल क्यास्टिलोको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४७ औं मिनेटमा कास्टिलोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि पेरुले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । शुक्रबार नै अर्जेन्टिनाले चिलीसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया