लागुऔषधसहित दुईजना पक्राउ

 असार २९, २०७५ शुक्रबार ८:३३:३२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लागु औषधसहित बुटवलमा दुईजना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भारतको सुनौलीबाट अवैध लागु औषध ल्याउदै गरेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका १५ का १९ वर्षीय रोहित राना र तनहुँ व्यास नगरपालिका ७ का २१ वर्षीय राजन गुरुङ्ग बुटवलको मिलनचोकबाट पक्राउ परेका हुन् । 

उनीहरु चढेको ग २ प ४९३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा डाइजेपाम , फेनारगन ,नुफिनसहित अन्य लागुऔषधहरु बरामद भएको प्रहरीले बताएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया