एसीसी यू–१९ एसिया कप: श्रीलंकालाई नेपालकाे १६० रनकाे लक्ष्य

 भदौ २०, २०७६ शुक्रबार १५:५६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका रित गौतमले ५४ रनकाे अर्धशतकीय योगदान दिएका थिए ।

त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए । अन्यको प्रदर्शन खराब रह्यो ।

नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए । 

अहिले श्रीलंकाले जवाफी ब्याटिङ सुरु गरिसकेकाे छ भने ताजा स्थितिमा ११ ओभरकाे समाप्तिमा २ विकेट गुमाउँदै ५७ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया