मकवानपुरको भिमफेदीमा जीप दुर्घटना: तीन जनाकाे ज्यान गयाे

 भदौ २०, २०७६ शुक्रबार १७:३५:५९ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा - मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-६, चिसापानीमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ भने ८ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा महोतरी जिल्ला, माईस्थान गाउँपालिका वडा नम्बर-६ बस्ने ७० वर्षीय बिरसिंंह वाइबा, सर्लाहीकाे वरहथवा नगरपालिका वडा नम्बर-३ बस्ने ६० वर्षीय महेन्द्र सहनी र सर्लाहीका एक दश महिने शिशु समरागी माझी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पतालमा ज्यान गएको थियाे ।

हेटौँडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्बरको जीप भीमफेदीमा दुर्घटना भएको थियो ।

जीप बाटाेबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घाइतेहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया