गल्छीको पहिरो पन्छाइयो, पृथ्वी राजमार्गमा एकतर्फी रुपमा गाडी चल्न थाले

 भदौ २०, २०७६ शुक्रबार २०:५५:११ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छीमा सडकमाथिबाट आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडकमाथिबाट आएको पहिरो डोजरको सहायताले पन्छाएपछि सञ्चालनमा आएको हो ।  दिउँसो पटक–पटक सडकमा आएको पहिरो डोजर लगाएर हटाएपछि शुक्रबार साँझबाट मात्रै  यातायात सञ्चालन गर्न सकिएको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरि खतिवडाले बताउनुभयो । 

सडकको सबै पहिरो शनिबार बिहानदेखि हटाउन सुरु गर्ने खतिवडाले बताउनुभयो । दिउँसोदेखि राजमार्ग अवरुद्ध भएपछि एक हजारभन्दा बढी गाडी रोकिएका थिए ।

तस्बिर - अनिल काेइरालाकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया