युराे कप छनाेट : नेदरल्याण्डसँग जर्मनी ४-२ ले स्तब्ध

 भदौ २१, २०७६ शनिबार ६:३८:३ | एजेन्सी
unn.prixa.net

युरो कप छनोट खेलमा युरोपियन पावरहाउस जर्मनी नेदरल्याण्ड्ससँग चार-दुईले पराजित भएको छ ।

गए राति भएको समूह सी को खेलमा जर्मनी डच टिमसँग चार-दुईले स्तब्ध भएको हो । त्यसो त जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीविरुद्ध डच टिमले दोस्रो हाफमा चार गोल गर्दा उसले एक गोल मात्र फर्काउन सफल भयो । ५९ औं मिनेटमा डी जोङले गोल गरे भने ६६ औं मिनेटमा डच टिमले उपहार गोल पायो । जर्मनीका ताहले आत्मघाती गोल गर्न पुगे ।

त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई-दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन-दुईको अवस्थामा पुग्यो । खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो ।

तर त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ । समूह सी को शीर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसले चार खेलबाट १२ अंक बनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया