युराे कप छनाेट : बेल्जियम, वेल्स र क्राेएसिया विजयी

 भदौ २१, २०७६ शनिबार ७:३७:१६ | एजेन्सी
unn.prixa.net

युरो कप २०२० को अन्तर्गत शुक्रबार राति भएको समूह आई को छनोटमा बेल्जियमले सान मारिनाेविरुद्ध चार-शून्यको सहज जित निकालेको छ ।

आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा बेल्जियमले सान मारिनाेलाई खेलको सुरुवातदेखि नै दबाब दिएको थियो । पहिलो ४० मिनेट गोलरहित बराबरी खेलेको बेल्जियमले ४३ औं मिनेटमा अग्रता बनायो । उसका बाट्सुइले पेनाल्टीमार्फत गोल गर्न सफल भए ।

स्टार खेलाडी इडेन हार्जाडका दाजुभाइ अनुपस्थित रहेको खेलको ५७ औं मिनेटमा मेर्टेन्सले बेल्जियमका लागि दोस्रो गोल गरे । त्यसपछि ६३ औं मिनेटमा चादिलले गोल गर्दा बेल्जियम तीन-शून्यले अगाडि रह्यो । खेलको इन्जुरी समयमा बेल्जियमले चोथौ गोल थप्यो । उसका लागि बात्सुईले गोल गर्न सफल भए ।

यो जितपछि बेल्जियमले समूह आई बाट पाँच खेलमा १५ अंकका साथ युरोक प छनोटको यात्रा थप मजुबत बनाएको छ ।

त्यस्तै शुक्रबार राति नै  भएको खेलमा वेल्सले अजरबैजानलाई दुई-एकले हराउँदा क्रोयसियाले स्लोभाकियालाई चार-शून्यले पराजित हरायाे ।

कार्डीफ सिटीमा भएको खेलमा वेल्सका लागि एक गोल ग्यारेथ बेलले गरे भने एक गोल उपहार पायो । खेलको २६ औं मिनेटमा नै पासायभले आत्मघाती गोल गरेपछि वेल्सले खेलमा अग्रता बनायो । तर ५८ औं मिनेटमा इर्मीलीले अजरबैजानलाई खेलमा फर्काए । तर ८४ औं मिनेटमा बेलको गोलमा वेल्सले दुई-एकको जित निकाल्यो ।

अर्को खेलमा क्रोएसियाले स्लोभाकियालाई चार-शून्यले पराजित गर्यो । उसका जितमा भ्लासिच, पेरिसिच, लोभरेन र पेट्कोभिचले एक-एक गोल गरेका थिए । एकतर्फी बनेको खेलमा क्रोएसियाले पहिलो हाफको अन्तिममा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

उसले ४५ औं मिनेटमा भ्लासिचको गोलमा अग्रता बनायो । त्यसपछि ४६ औं मिनेटमा पेरिसिचले दोस्रो गोल गर्दा ७२ औं मिनेटमा पेटकोभिचले तेस्रो गोल थपे । त्यसपछि ८९ औं मिनेटमा लोभरेनले चौथो गोल गरे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया