आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
बैतडी – शुक्रबार राति बैतडीको तल्लोस्वराड क्षेत्रमा नरभक्षी चितुवाको आक्रमणवाट एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर २ टाणीखर्क निवासी रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका साढे ७ बजेतिर घरमै खेलिरहेका बेला चितुवाले एक्कासि सुदीपमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।
चितुवाले आक्रमण गरी बेपत्ता बनाएका बालकको शव सवा ११ बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको चिरभोले जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । अहिले बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भएको उहाँले बताउनुभयोे ।
२०६८ सालयता बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २४ जनाको ज्यान गइसकेको छ भने दर्जनाैँ घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका नागरिक त्रसित बनेका छन् । त्यस क्षेत्रका नागरिक त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।