टी-२० वरीयतामा पारसकाे सुधार, अलराउण्डरतर्फ रसेल र गेललाई पछि पारे

 भदौ २१, २०७६ शनिबार १५:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी टी–२० वरीयताको अलराउण्डरमा नेपाली टिमका कप्तान पारस खड्कासँगै बलिङमा सोमपाल कामी र वसन्त रेग्मी अटाएका छन् । 

कप्तान पारस खड्का अलराउण्डरमा २७ औं स्थानमा रहेका छन् । उनी पछिल्लो पटकको वरीयतामा सुधार गर्न सफल भएका हुन् । यद्यपी उनको यो विधामा उच्चतम वरीयता भने २५ औं स्थानसम्म रहेको छ । 

अलराउण्डरमा पारसले आन्द्रे रसेल, क्रिस गेल, राशिद खान र बेन स्टोकलाई पछि पारेका छन् । पछिल्लो पटक गेल, रसेल र राशिदले टी–२० क्रिकेटको बलिङमा खासै राम्रो प्रदर्शन गर्न नसकेकाले उनीहरु वरीयतामा तल परेका हुन् । यस्तै अलराउण्डरमा अर्का नेपाली खेलाडी सोमपाल कामी ६७ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङमा पारस ६८ औं स्थानमा यथावत रहेका छन् । उनले महेन्द्रसिंह धोनी, क्रिस गेल, ब्रान्डन टेलर, निकोलस पुरन, ट्राभिस हेडलाई पछि पारेका छन् । बलिङ तर्फ सोमपाल ७८ औं स्थानमा यथावत छन् भने वसन्त ७२ औं स्थानमा पुगेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया