वर्षा र बदली भोलिसम्मै, पर्सि आइतबारदेखि मौसममा क्रमशः सुधार ...
चैत १६, २०८० शुक्रबार
इलाम – इलाममा शनिबार ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नैै ज्यान गएको छ ।
इलामबाट झापातर्फ बाँस बोकेर जाँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट झण्डै ५० मिटर तल खस्दा चालकसहित दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा एक जना झापाको दमक नगरपालिका–५ का ध्रुब कार्की रहेको प्रहरीले जनाएको छ । मृतकको भाउजुले प्रहरीलाई फोन गरेर ट्रकको चालक मेरो देवर हो भनेको आधारमा उनको पहिचान गरिएको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रमेश राईले जानकारी दिनुभयो ।
अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उनको शव ट्रकमुनि किचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको भने बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भैरहेको छ ।