एशेज सिरिज: चाैथाे टेस्टकाे पहिलाे पारीमा अष्ट्रेलियाकाे १९६ रनकाे अग्रता

 भदौ २१, २०७६ शनिबार २०:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

एशेज सिरिज अन्तर्गत चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा १९६ रनको अग्रता बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर ४९७ रन बनाएपछि पारी समाप्त भएको घोषणा गरेको थियो । अस्ट्रेलियालाई पहिलो पारीमा मजबुत बनाउनका स्टिभ स्मिथले दोहोरो शतक बनाउँदै २११ रनमा आउट भएका थिए ।

पहिलो पारीमा इंग्ल्याण्ड भने ३०१ रनमा अल आउट हुन पुग्यो । इंग्ल्याण्डलाई रोक्ने क्रममा अस्ट्रेलियाका जश हेजलवुडले चार तथा मिचेल स्टार्क र प्याट कमिन्सले तीन-तीन विकेट लिए ।

घाइते भएका स्टार्क र स्मिथले चौथो टेस्टमा टिममा कमब्याक गरेका हुन् । इंग्ल्याण्डका रोरी बर्नसले सर्वाधिक ८१ रन बनाउँदा कप्तान जो रुटले ७१ रनको योगदान गरे । इंग्ल्याण्डका पाँच जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आजै दोस्रो पारी शुरु गरेको अस्ट्रेलियाको सुरुआत भने राम्रो रहन सकेन । डेभिड वार्नर शून्य, मार्कस ह्यारिस ६ रन तथा मार्नस लाबुशाने ११ बनाएर आउट भइसकेका छन् । यतिबेला कप्तान स्टिभ स्मिथ र ट्राभिस हेड क्रिजमा छन् भने अष्ट्रेलिया ताजा स्थितिमा १२ ओभरकाे समाप्तिमा ३ विकेट गुमाउँदै ३५ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया