यूरो कप छनोट: चेक रिपब्लिकलाई हराउँदै काेसाेभाे अंक तालिकाकाे शीर्ष स्थानमा

 भदौ २१, २०७६ शनिबार २१:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूरो कप फुटबलको छनोट खेलमा कोसाेभाे विजयी भएको छ ।

शनिबार भएको समूह ए काे खेलमा कोसोभोले रिपब्लिकमाथि २–१ गोल अन्तरले जित निकाल्दै तालिकको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

घरेलु मैदान परिस्टीनामा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै २–१ को जित निकालको हो । चेक रिपब्लिकका लागि १६ औंँ मिनेटमा पेट्रिक सिचेकले गोल गर्दै अग्रता दिलाएका थिए । २० औंँ मिनेटमा भेडान मोरिक्यूले गोल गर्दै घरेलु टोली कोसोभाेलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलको कोसोभाेले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । ६६ औंँ मिनेटमा मेरगिम भोजवोडाले गोल गर्दै टिमलाई अपराजित राख्न पनि सफल भए । कोसोभाेले अहिलेसम्म चार खेल खेल्दा २ मा जित र दुईमा बराबरी गर्दै ८ अंक जोडेको छ ।

समूह ए मै दोस्रो स्थानमा रहेको इंग्ल्याण्डकाे ६ अंक छ भने ५ अंक जोडेको चेक रिपब्लिक तेस्रो तथा बुल्गेरिया र सर्विया एण्ड मोन्टेनेग्रो समान २ अंकसहित चौथो र पाँचौं स्थानमा छन् ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया