सेरेनालाई हराउँदै बियान्काले जितिन् यूएस ओपन टेनिसकाे उपाधि

 भदौ २२, २०७६ आइतबार ७:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएस ओपनले टेनिसमा महिलातर्फ नयाँ च्याम्पियन पाएकाे छ । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सलाइ हराउँदै बियान्का एन्ड्रीस्क्युले उपाधि जितेकी छिन् ।

बियान्काले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा ३७ वर्षिया सेरेनालाई पाखा लगाइन् । २४ पटक ग्राण्डस्लामकाे उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना १९ वर्षीया बियन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भइन् ।

१५ औ वरीयताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भएकी हुन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया