युरोकप छनोट : पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हरायो

 भदौ २२, २०७६ आइतबार ८:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोकप छनोट अन्तर्गत पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको छ ।

नेसन्स कपको विजेता पोर्चुगलले ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । गोनकलो गेदेसले ५८ औ मिनेटमा पोर्चुगलको अग्रता दोब्बर पारे ।

६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । ८० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।

मित्राोभिकले ८५ औ मिनेटमा गोल गर्दै गोल अन्तर घटाउने काम गरेका थिए । तर खेल सकिन चार मिनेट बाँकी छदाँ बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।

समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया