युरोकप छनोट : फ्रान्सले सहज जित निकाल्दा टर्कीको संघर्षपूर्ण जित

 भदौ २२, २०७६ आइतबार ८:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोकप छनोटमा फ्रान्सले सहज जित निकाल्दा टर्की संघर्षपूर्ण रुपमा विजयी भयो ।

शनिबार राति भएको खेलमा फ्रान्स अल्बानीयासँग चार एकले विजयी भयो । एकतर्फी जस्तो बनेको खेलको आठौं मिनेटमा नै कोमनको गोलमा फ्रान्सले अग्रता बनायो । त्यसपछि ओलिभर जिरुडले २७ औं मिनेटमा फ्रान्सको अन्तर २–० मा पुर्‍यायो ।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप २ गोल गर्‍यो । उसका लागि ६८ औं मिनेटमा कोमनले गोल गरे भने ८५ औं मिनेटमा कोनीले गरे । खेलको अन्तिममा अल्बानीयाले पेनाल्टीबाट एक गोल फर्काए पनि हारबाट बच्न पर्याप्त बनेन ।

अर्को खेलमा टर्कीले एन्डोरालाई एक शून्यले हरायो । उसका जितमा एकमात्र गोल तुफानले गरेका थिए । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया