कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान-२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।
डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन्, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।
डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान-२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’
इसरोको महत्वाकांक्षी योजना चन्द्रायान-२ लाई विक्रम ल्याण्डरको माध्यमद्वारा चन्द्रामको सतहमा सफ्ट ल्याण्ड गराउनु थियो तर सबै योजना अनुरुप हुन पाएन । शनिबार बिहान ल्याण्डर विक्रमको अन्तिम समयमा ग्राउण्ड स्टेशनसँग सम्पर्क टुटेको थियो ।
डा. सिवनका अनुसार चन्द्रायान-२ को सफ्ट ल्याण्डिंगका लागि चार ओटा अहम चरण थिए । चन्द्रायान-२ ले तीन ओटा चरण सफलतापूर्वक पार गरेको थियो तर अन्तिम चरणको सबैभन्दा महत्वपूर्ण मानिएको अर्थात ल्याण्डर विक्रमको ग्राउण्ड स्टेशनसँगको सम्पर्क टुट्यो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश हो । अहिलेसम्म चन्द्रमाको भूमध्य रेखाको आसपास नै यानहरु पठाइएको थियो । यदि यो मिसनमा सफल भए अमेरिका, रुस र चीन पछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ ।
यदि भारतको प्रज्ञान रोभरमा जडान गरिएको सेन्सरबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला–ठूला खाल्डामा पानी रहेको प्रमाण भेटिएमा यो अन्तरिक्ष अनुसन्धानमा ठूलो फड्को हुने थियो । चन्द्रयान–२ को मिसन सफल भएमा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले २०२४ पठाउँदै गरेको एक महत्वाकांक्षी मिसनलाई पनि सहयोग पुग्ने बताइन्छ ।