नादेज्दा कप फुटबल : नेपाल घरेलु टोली किर्गिस्तानसँग खेल्दै

 भदौ २२, २०७६ आइतबार ११:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ औँ दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा नादेज्दा कप फुटबलका लागि किर्गिस्तान पुगेको नेपाली महिला राष्ट्रिय टोलीले आइतबार उद्घाटन खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको काराकोलस्थित रंगशालामा नेपाल र किर्गिस्तानको खेल दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । 

लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको किर्गिस्तान वरीयताविहीन छ । तर १०१ औं वरीयतामा रहेको नेपालमाथि सहजै हावी हुन सक्छ ।

किनभने किर्गिस्तान यूईएफए वुमन्स च्याम्पियन्स लिगमा प्रतिनिधित्व गर्ने एसियाका चारमध्ये एक टोली हो । जे भए पनि १३ औं सागको तयारीका लागि एन्फाले प्रतियोगितामा सहभागी गराएको हो ।

प्रतियोगितामा उपाधि दावेदार उज्वेकिस्तान र ताजकिस्तानसँग नेपालले राउन्ड रोविन प्रणाली अनुसार खेल्नेछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया