प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति वार्ता रद्द गरेका छन् ।
तालिवानका वरिष्ठ नेतासँग आइतबार हुने भनिएको वार्ता रद्द गरेको ट्रम्पले ट्वीटमार्फत जानकारी दिएका हुन् । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा गरेको आक्रमणमा अमेरिकी सेनाको ज्यान गएपछि वार्ता रद्द गरेको उनको भनाइ छ ।
— Donald J. Trump (@realDonaldTrump) September 7, 2019
यसअघि गएको सोमबार भएको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना ५ हजार ४ सय सैनिक २० हप्ताभित्र फिर्ता लैजाने सहमति गरेको थियो । अमेरिकी र तालिवानी प्रतिनिधिबीच ९ चरणमा शान्ति वार्ता भैसकेको छ ।
बिहीबार काबुलमा भएको बम विस्फोटपछि तालिबानसँगको वार्तापछि पनि आफगानिस्तानमा हिंसा बन्द नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
प्रस्तावित सम्झौतामा यस्तो प्रावधान छ– अमेरिकी सैनिकको बिदाइको बदलामा तालिबानले कहिल्यै पनि अफगानिस्तान भूमिको प्रयोग अमेरिका र उसको सहयोगीमाथि आक्रमण गर्नेछैन ।