एसीसी यू–१९ एसिया कपबाट नेपाल बाहिरियाे: बंगलादेशसँग ६ विकेटले पराजित

 भदौ २२, २०७६ आइतबार १७:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ । 

पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । 

अब नेपालले मंगलबार सान्त्वना जितको खोजिमा यूएईसँग खेल्नेछ । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ दशमलत ९८ रन बनाएर बंव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशलाई जिताउनका लागि कप्तान अकबर अलिले उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलको सामना गर्दै अविजित बंगलादेशलाई जित दिलाए । उनीसँगै समिम हसन ४२ रनमा अविजित रहे । यी दुईले १३० रनको साझेदारी गरे । 

सुरुमै रसिद खानले तन्जिद हसनलाई एलबीडब्ल्यूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि अनिक सरकार सातुलाई कमलसिंह ऐरीले पेभेलियन पठाएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए । 

१९ रन बनाउँदा २ विकेट गुमाएको बंगलादेशका लागि मोहमदुल हसन जोय र ताैहिद हृदोयले ७९ रनको साझेदारी गरेपछि टिम सम्हालिएको थियो । जोय ४० रन बनाउँदै हरिबहादुर चौहानबाट कट एण्ड बोल्ड भएका थिए । हृदोयले ९८ रन बनाए । उनी ६० रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भएका थिए । नेपालका कमलसिंह ऐरीले २ तथा हरिबहदुर चौहान र रसिद खानले समान १/१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक प्रहार गरे । शर्राफ ८१ रनमा आउट हुँदा जोरा ५६ रनमा पेभेलियन फर्किएका थिए । यसैगरी नेपालका लागि रित गौतमले ३२ तथा कुशल मल्लले २८ रनको योगदान गरे । त्यसैगरी भीम सार्कीले २१ तथा रोहित पौडेलले १४ रनको योगदान दिए ।  

बंगलादेशका लागि तन्जिम हसन सकिब र शाहिन अलामले समान २/२ विकेट लिए । त्यस्तै मृत्युन्जोय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र टोहिड हृदोले समान १/१ विकेट हात पारे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया