ओमानको सलाम एअरले सातै दिन नेपाल उडान गर्ने: नेपाल भ्रमण वर्षलाई टेवा पुग्ने मन्त्रीको विश्वास

 भदौ २२, २०७६ आइतबार २०:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ओमानको सलाम एअरले हप्ताको सातै दिन नेपालमा उडान गर्ने भएको छ ।

सलाम एयरको नेपाल जीएसए आईएमई ट्राभलले आइतबार राजधानी काठमाण्डौमा एक विशेष कार्यक्रम गरेर सलाम एअरले हप्ताको सातै दिन काठमाण्डाैमा उडान गर्ने जानकारी दिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सलाम एयरको निर्णयले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

नेपालमा आउने पर्यटकहरूको संख्यामा बर्सेनि वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयरलाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आउँदाे वर्ष एक लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताउनुभयो । 

सलाम एयरका कमर्सियल डाइरेक्टर माजीनअल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैँमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको कुरालाई ध्यान दिएर आईएमई ग्रुपसँगको सहकार्यमा हवाइ सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्गलगायतका व्यक्तिले शुभकामना दिनुभएको थियाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Narayan dhakal

    Sept. 9, 2019, 6:02 p.m.

    Salam air mct to ktm is very poor service .they cancel flight anytime without any information .i am victim of their service.so this service i can not belive

  •  0 Reply

तपाईको प्रतिक्रिया