नाडालले जिते यूएस ओपन टेनिसको उपाधि

 भदौ २३, २०७६ सोमबार ७:४३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएस ओपन टेनिसको उपाधि रफायल नाडालले जितेका छन् । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनिल मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचाल्न सफल भए । 

दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा हराए । पाँचौ बरीयताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपूर्ण रुपमा जित निकालेका हुन् । सुरुवाती दुई सेट जिते पनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै नाडाललाई कडा प्रतिस्पर्धा दिएका थिए । 

अन्तिम सेटमा भने नाडालको अगाडी २३ वर्षे मेदभेदेभ खासै चल्न सकेनन् । नाडालले पहिलो सेट सात पाँचले जितेका थिए भने दोस्रो सेटमा छ तीनको जित हात पारेका थिए । तर तेस्रो सेटमा उत्कृष्ट कमब्याक गरेका मेदभेदेभले सात पाँचले जिते । चौथो सेटमा पनि उनले छ चारको जित निकाल्दै खेल दुई दुई सेटको बराबरीमा पुर्याएका थिए । तर अन्तिम सेटा नाडालले छ चारको सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारे ।

पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका मेदभेदेभले नाडालसँगको फाइनल खेल रोमाञ्चक बनेको र आफूले अन्तिम सेटमा राम्रो खेल्न नसकेको बताए । नाडालले यसअघि २०१०, २०१३ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया