युरो कप छनोटमा फिनल्याण्डमाथि इटलीको कठिन जित

 भदौ २३, २०७६ सोमबार ७:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरो कप छनोटमा इटलीले फिनल्याण्डमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा इटलीले फिनल्याण्डलाई दुई एक गोलले हरायो ।

निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी हुँदा दोस्रो हाफमा तीन गोल भएको थियो । जसमा खेलको ५९ औं मिनेटमा इमोबीलले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।

तर ७२ औं मिनेटमा फिनल्याण्डले पेनाल्टीको अवसर पायो । उसका लागि पुकीले गोल गर्दै खेल बराबरीमा पुर्याए । इटलीले ७९ औं मिनेटमा फेरी गोल गर्दै अग्रता बनायो । यसपटक उसका लागि र्जोगिन्होले पेनाल्टीमा गोल गर्न सफल भए ।

त्यसपछि फिनल्याण्ड खेलमा फर्कन सकेन र इटलीले तीन अंक बनायो । यो जितले इटलीले ६ खेलमा ६ जितका साथ १८ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया