प्रक्रिया नपुर्‍याई काम गरिरहेका झापाका दुई म्यानपावरमा सिलबन्दी

 असार २९, २०७५ शुक्रबार १३:२४:४४ | उज्यालो सहकर्मी

काठमाडौं – झापामा अवैधानिक रुपमा सञ्चालित दुई म्यानपावरमा सिलबन्दी गरिएको छ  ।

छापा मार्दा कार्यालयका बोर्ड बाहेक केही पनि कागजपत्र नभेटिएकाले एमडी ओभर्सिज र कोशी इन्टरनेश्नल ओभरसिजमा सिलबन्दी गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार ४० वटा म्यानपावरका एजेन्ट र १२ वटा शाखा कार्यलय अनुमति लिएर सञ्चालनमा रहेका छन् । 

वैधानिक रुपमा सञ्चालित एजेण्ट तथा शाखा कार्यालयले कानुनी प्रक्रिया पुर्‍याएर काम गरे नगरेको अनुगमन गरेर कारवाही गरिने पनि उहाँले बताउनुभयो । 

गैरकानुनी ढंगले ठूलो संख्यामा म्यानपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि जिल्ला समन्वय समिति अन्तर्गत रहेको जिल्ला सुरक्षित आप्रावासन समितिको बैठकको निर्णयअनुसार म्यानपावरमा अनुगमन गरिएको पोर्तेलले जानकारी दिनुभयो  ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया