ताइपेईविरुद्ध उत्कृष्ट फुटबल खेल्छाैँ : किरण चेम्जाेङ

 भदौ २३, २०७६ सोमबार १५:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप २०२२ को छनोटका लागि नेपालले मंगलबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र चाइनीज ताइपेईबीचको खेल ४ः५५ बजे ताइपेई म्युनिसिपल स्टेडियममा सुरु हुने छ ।

पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले ताइपेईविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले बताए । प्रिम्याच कन्फ्रेन्समा सोमबार किरणले नेपाली टिमले उत्कृष्ट फुटबल खेल्ने बताएका थिए । चाइनिज ताइपईसँग गत जुनमा भएको प्रतिस्पर्धामा एक-एक गोलको बराबरी खेलेको थियो ।

कुवेतसँग नमिठो पराजय भोगेपछि नेपाली टिमले ताइपेईविरुद्धको खेल अघि तयारी भने धेरै गर्न पाएको छैन् । कुवेतबाट नेपाल आएको टिम त्यही दिन नै ताइपेई प्रस्थान गरेको थियो । कप्तान किरणले यो प्रतियोगिताका लागि नेपाली टिमले तयारी गर्न नपाए पनि मंगलबारको खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

दुवै टिमले पहिलो खेलमा पराजय व्यहोरेकाले मंगलाबार स्पष्ट तीन अंक लिने प्रयासमा हुने छन् । ताइपेई पहिलो खेलमा जोर्डनसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया