मौसम : देशभर बदली, मध्य र पूर्वका केही ठाउँमा वर्षाको सम्भावना

 भदौ २४, २०७६ मंगलबार ९:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा हुने प्रणाली) औसत स्थानमा नै भए पनि मध्य र पूर्वका केही ठाउँमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएका कारण मौसमी गतिविधि बढ्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्ने गरिन्छ ।

मंगलबार देशका केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । यस्तै, मंगलबार राति पनि देशभरकै मौसम सामान्यदेखि पूर्ण बद्ली हुने धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

मध्य र पूर्वका केही ठाउँमा भने राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया