नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप, प्रदेश अध्यक्ष र सचिवमाथि हातपातको प्रयास

 भदौ २४, २०७६ मंगलबार १३:७:४३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । 

मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको र जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गराउन लागेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले स्थगित गराउन चेतावनी दिँदै आएका थियो । तर असन्तुष्टहरुका चेतावनीका बीच सपथ ग्रहण समारोहलाई यथावत राखेपछि अवरोध गर्ने र सपथ ग्रहण गर्ने पक्षबीच झडप भएको हो ।

त्यस क्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास समेत भएको नेकपाका कार्यकर्ता राधे महतोले जानकारी दिनुभयो । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएको जनाइएको छ ।

प्रहरीले लाठीचार्ज गर्दै स्थितिलाई नियन्त्रणमा लिएका छन् । अहिले व्यापक मात्रामा त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपाका असन्तुष्ट नेता कार्यकर्ताले भने कार्यक्रम स्थगित गर्न भन्दै घेराबन्दी यथावत राखेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • chammar rai

    Sept. 10, 2019, 2:57 p.m.

    आन्तरिक लोकतन्त्रको अभ्यास निक्कै राम्रो सस्कार

  •  0 Reply

तपाईको प्रतिक्रिया