चाइनिज ताइपेईविरुद्ध नेपालकाे प्लेइङ सेट यस्तो छ

 भदौ २४, २०७६ मंगलबार १६:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार नेपालले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार ४ः५५ बजे हुने खेलका लागि प्लेइङ सेट सार्वजनिक भएको छ ।

ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका छन् । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका छन् ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतार्ने भएका छन् । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल छन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया