विश्वकप फुटबल छनाेट : चाइनिज ताइपेईविरुद्ध नेपालकाे २-० काे अग्रता, अञ्जन विष्टले गरे दुवै गाेल

 भदौ २४, २०७६ मंगलबार १८:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भैरहेको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० को अग्रता लिएको छ । 

नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १-० काे अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएकाे बललाई अञ्जनले हेड गर्दै गाेलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलकाे ६२औँ मिनेटमा गाेल गर्दै अग्रता दाेब्बर बनाएका हुन् ।

नेपाली समयअनुसार ४ः५५ बजेदेखि खेल सुरु भएको हो ।

ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका छन् । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका छन् ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतार्ने भएका छन् । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया