कृषि मन्त्री खनाल उपचारपछि घर फिर्ता

 भदौ २५, २०७६ बुधबार ७:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल उपचारपछि घर फर्कनु भएको छ ।

डेंगी रोगबाट सङ्क्रमित भएर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका उहाँ सोमबार घर फर्कनु भएको अस्पतालका बजार तथा व्यापार विकास विभागका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । 

उहाँले मन्त्री खनालको सफल उपचार गरेपछि घर फर्काइएको बताउनुभयो । मन्त्री खनाल गएको भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका लागि पुल्चोकस्थित भदौ १८ गते बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा डेंगी रोग प्रमाणित भएको थियो । 

टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो । सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भएको थियो । उहाँको उपचार डा. विनय रेग्मीसहितको टोलीले गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया