चेकमा हस्ताक्षर नमिलेमा या ब्यालेन्स नभएमा कालोसूचीमा पर्ने सम्भावना

 भदौ २५, २०७६ बुधबार ८:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बैंकमा चेक लिएर रकम लिन जाँदै हुनुहुन्छ भने ध्यान दिनुहोस् । अब चेकमा गलत हस्ताक्षर गरेमा या खातामा ब्यालेन्स नभएमा कालोसूचीमा पर्नेसम्मको कारबाही भोग्नुपर्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो । खातामा रकम नभएको अवस्थामा पनि चेक काटिदिने, खराब नियतले गलत हस्ताक्षर गर्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन ल्याएको हो ।

तर अज्ञानताका कारण चेकमा गलत हस्ताक्षर गर्नेलाई भने यसबाट असर पर्ने छैन । एकपटक चेकमा गलत हस्ताक्षर भए सम्बन्धित व्यक्ति, फर्म, कम्पनी तथा संस्थाले नयाँ चेक काट्न वा सही हस्ताक्षर गर्न ७ दिनको समय पाउनेछन् । 

यसरी दिइएको समयभित्र पनि चेकको हस्ताक्षर गलत भएमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी र संस्था कालोसूचीमा पर्ने सम्भावना हुन्छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया