प्रदेश ३ सरकारले सवारी नवीकरणको जरिवाना शुल्क घटायो

 भदौ २५, २०७६ बुधबार ९:६:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रदेश ३ सरकारले सवारी नवीकरणको जरिवाना शुल्क घटाएको छ । यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेर जरिवाना शुल्क घटाइएको हो । 

जरिवाना धेरै हुँदा उपभोक्ताले सवारी नवीकरण गर्न छोडेपछि शुल्क घटाउन दबाब बढेको थियो । 

अब सवारी साधनको ब्लुबुक नवीकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया