विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ

 भदौ २५, २०७६ बुधबार १०:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् ।

उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिनुभयो ।

केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • Naresh

    Sept. 11, 2019, 11:08 a.m.

    नेताहरु आफ्ना छोराको नाम प्रकाश किन राख्छन ? बिपीको छोरा प्रकाश, मनमोहनको छोरा प्रकाश , गणेशमानको छोरा अनि विप्लवको छोरा प्रकाश ....

  •  0 Reply

तपाईको प्रतिक्रिया