काठमाण्डाैमा दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु

 भदौ २५, २०७६ बुधबार १२:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा बुधबारदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु भएको छ । 

होटल हायातमा सुरु भएको सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने आयोजक नेपाल उद्योग परिसंघले जनाएको छ । 

गएको वर्षको लगानी सम्मेलनको फलोअपको रुपमा समेत हेरिएको सम्मेलनमा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, जलविद्युत्, कृषि लगायतका आयोजना प्रदर्शनी गरिने छ ।

सबै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेत सहभागी हुने सम्मेलनमा पूर्वाधार क्षेत्रलाई केन्द्रीत गरेर विभिन्न कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । सम्मेलन बिहीबार सकिँदैछ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया