इन्टर कलेज फुटसल प्रतियोगिताः विजेतालाई एक लाख ५० हजार बराबरकोे टुर प्याकेज

 भदौ २५, २०७६ बुधबार १५:५०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्ले नेपालको आयोजनामा काठमाण्डौमा एक दिने इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

आउँदो भदौ २७ गते हुने फुटसल प्रतियोगितामा काठमाण्डौका ३२ ओटा कलेजहरू सहभगी हुँदैछन् । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नातकोत्तरसम्मका विद्यार्थीले खेल्नेछन् ।

विजेता टिमलाई एक लाख ५० हजार बराबरकोे टुर प्याकेज प्रदान गरिने आयोजकले बताएको छ । जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट  पाराग्लाइडिङसहित काठमाण्डौ पोखरा दुईतर्फी यातायात र खाने र बस्ने सुविधा पनि छ ।

त्यस्तै उपविजेता टिमले ५० हजार बराबरको धुलिखेल जिपलाइनको प्याकेज प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताउनु भयो । 

धन्वन्तरी फुटसल हाँडीगाँउमा हुने प्रतियोगिता प्ले नेपालले हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया