विप्लवका पाँचथर सेक्रेटरी नेम्बाङ पक्राउ

 भदौ २५, २०७६ बुधबार १८:४४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । 

चन्द नेतृत्वका जिल्ला सेक्रेटरी नेम्बाङलाई फिदिम नगरपालिका–१४ को लुङरुप्पा भन्ने ठाँउबाट पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । 

विगतमा स्थानीय तहका प्रमुख, उद्योगी, व्यावसायी, ठेकेदार, गैरसरकारी संघसंस्था लगायत विभिन्न व्यक्तिहरुलाई फोन गरेर चन्दा मागेको र धम्की दिएको आरोपमा नेम्बाङलाई पक्राउ गरिएको प्रहरी प्रवत्ता तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । 

पक्राउ परेका नेम्बाङलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया