कोम्पनीलाई धन्यवाद दिन जुटे प्रिमियर लिगका लिजेन्डहरु

 भदौ २६, २०७६ बिहिबार ६:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर सिटीका लिजेन्ड भिन्सेन्ट कोम्पनीले क्लबमा दिएको योगदानको कदर स्वरुप आयोजित च्यारिटी म्याचमा प्रिमियर लिगका लिजेन्डहरु एकै स्थानमा जम्मा भए ।

ग्यारी नेभिले, रायल गिग्स, एश्ले कोल रोविन भान पर्सी जस्ता खेलाडी च्यारिटी म्याचमा सहभागि थिए । म्यानचेस्टर सिटी लिजेन्ड एघार र प्रिमियर लिग लिजेन्ड एघारबीच सम्पन्न खेल २–२ गोलको बराबरीमा सकियो ।

सिटीका लागि मार्टिन पेत्रोभले सुरुवाती गोल गरे पनि रोब्बी किनले प्रिमियर लिग लिजेन्डका लागि बराबरी गरे । त्यसपछि रोविन भान पर्सीले प्रिमियर लिग लिजेन्डलाई अग्रता दिलाए पनि मेन्जानीले सिटीलाई बराबरीमा पुर्‍याए ।

यो च्यारिटी म्याचमा इन्ज्युरीका कारण कोम्पनीले नै खेल्न पाएनन् । खेलबाट उठेको रकमले म्यानचेस्टरका घरबारविहीनहरुलाई सहयोग गरिनेछ ।

म्यानचेस्टर सिटीले कोम्पनीको सम्मानमा प्रशिक्षण मैदानको नाम भिनसेन्ट कोम्पनी नामाकरण गरेको छ ।

एघार वर्ष म्यानचेस्टर सिटीमा बिताएका कोम्पनी अघिल्लो सिजन म्यानचेस्टर छोडेर गृहनगरको क्लब एन्डरलेक्टमा आवद्ध भएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया