गण्डकी प्रदेश : हरिबहादुर चुमानलाई आर्थिक मामिला र दीपक मना...
बैशाख ८, २०८१ शनिबार
खगोलविद्ले पानी भएको ग्रह भेटिएको दावी गरेका छन् । निकै परको एउटा ताराको ह्याबिटिएबल जोनलाई परिक्रमा गरिरहेको ग्रहमा पहिलोपटक पानी भेटिएको खगोलविद्ले बताएका हुन् ।
के २ – १८ बी नाम गरेको यो ग्रहमा पानी भेटिएपछि त्यहाँ एलियन वा अरु कुनै प्राणी हुनसक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
अबको १० वर्षभित्र नयाँ टेलिस्कोपले के २ – १८ बीको पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने पनि खगोलविद्ले बताएका छन् ।
वैज्ञानिकहरुले यस ग्रहमा पानी र जीवन जिउने मिल्ने अनुसारको तापमान भेटेका छन् । यो ग्रह पनि पृथ्वी जस्तै भएको र आकारमा पनि कैयाैँ गुणा ठूलो भएको उनीहरुको भनाइ छ । यसलाई सुपर अर्थ पनि भनिन्छ ।
टोरन्टो विश्वविद्यालय क्यानडाका वैज्ञानिकहरुका अनुसार चट्टानी सतह भएको यो ग्रहमा जीवन जिउने सम्भावना धेरै छ । शोधकर्ताहरुका अनुसार 'के २–१८ बी' अब वायुमण्डलीय अध्ययनका लागि महत्वपूर्ण हुनेछ ।
एक्सोप्लानेट के हो त ? सूर्यको अलावा अरु कुनै तारालाई परिक्रमा गर्ने ग्रह नै एक्सोप्लानेट हो । यो ग्रह हाम्रो सौर्यमण्डलको बाहिर कुनै ताराको परिक्रमा गर्दछ ।
पृथ्वीमा पानीको स्रोत कम हुँदै गएको अवस्थामा यो खबर निकै महत्वपूर्ण मानिएको छ । यस्तो अवस्थामा वैज्ञानिकहरु दोस्रो ग्रहमा जीवनको सम्भावना खोजिरहेका छन् ।
यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा छ ।