क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक

 भदौ २६, २०७६ बिहिबार १२:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ ।

बुधबार प्रशिक्षक पटवालकी आमाको निधन भएको हो । आमाको निधन भएपछि प्रशिक्षक पटवाल बुधबार राति नै भारत गएका छन् । नेपाली टिममा मिडिया म्यानेजर सुरज शाक्यका अनुसार प्रशिक्षक पटवाल आमाको काम सकेर केहि दिनमा स्वदेश फर्कने छन् ।

प्रशिक्षक पटवाल नेपाली टिमको प्रशिक्षणमा व्यस्त रहेका थिए । नेपालले आफ्नै भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारी गरिरहेको छ । नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया