रेञ्जर्सकाे जितसँगै जेरार्डकाे नयाँ करियरको शानदार सुरुवात

 असार २९, २०७५ शुक्रबार १७:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका लेजेन्ड्री फुटबलर तथा लिभरपुलका पूर्व स्टार खेलाडी स्टेभेन जेरार्डले करियरको नयाँ भूमिकामा उत्कृष्ट सुरुवात गरेका छन् ।

खेलाडी जीवनबाट सन्यास लिएपछि प्रशिक्षकका रुपमा रेञ्जर्समा अनुबन्ध भएका जेरार्डले जितका साथ प्रतियोगिताकाे सुरुवात गरेका हुन् ।

गएराति भएको खेलमा जेरार्डको टिम रेञ्जर्सले श्कुपीलाई दुई शून्यले हरायो । उसका जितमा जामी मर्फी र जेम्स टाभर्नियरले एक एक गोल गरे ।

युरोपा छनोट चरण अन्तर्गतको खेला जेरार्डको टिमले उत्कृष्ट सुरुवात गर्न सफल भयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया