जिल्ला अदालत सिरहाका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ

 भदौ २६, २०७६ बिहिबार १६:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – सिरहा जिल्ला अदालतका सवारी चालक १ लाख १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले अदालतका सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुस सहित बिहीबार दिउँसो पक्राउ गरको हो ।

सेवाग्राहीसँग न्यायाधीश मिलाएर मुद्दा जिताउने शर्तमा उनले घुस रकम लिएको अख्तियारले जनाएको छ । यादव सिरहा जिल्ला अदालतका ३ नम्बर न्यायाधीशका सवारी चालक रहेको बुझिएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिबास लगिएको छ ।

यसअघि मंगलबार पनि अख्तियारले विद्युत प्राधिकरण सिरहाका एक कर्मचारी छेदिलाल साहलाई ८० हजार  रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया