प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

 भदौ २६, २०७६ बिहिबार १७:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले दिवंगत प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

गएको आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा र राहतस्वरुप उनको परिवारलाई १० लाख दिने निर्णय गरेको जानकारी दिनुभयो ।

गएको असार २५ गते नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका भोजपुर जिल्ला इन्चार्ज निरकुमार राईसँगको झडपमा प्रहरी जवान सञ्जीव राईको ज्यान गएको थियो । दोहोरो गोली हानाहानमा विप्लव समूहका जिल्ला इन्चार्ज निरकुमार राईको पनि ज्यान गएको थियो ।

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया